पूर्व अर्थसचिव रामेश्वर खनाललाई पत्नी शोक, पहिलो महिला स्टक ब्रोक्रर सुचिता खनालको निधन



काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनाललाई पत्नी शोक परेको छ । रामेश्वर खनालकी पत्नी नेपालको पहिलो महिला स्टक ब्रोक्रर सुचित्रा खनालको मंगलबार उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

खनाल पछिल्लो १४ महिनादेखि क्यान्सर रोगबाट पीडित थिइन् ।

सुचित्रा खनाल नेपालको पहिलो महिला स्टक ब्रोक्रर हुन् । जुन समयमा सेयर बजारमा पुरुषहरुको नै संख्या कम थियो त्यो बेला नै उनले स्टक ब्रोक्ररको काम थालेकी थिइन् ।

स्वेता सेक्युरिटिज मार्फत सेयर बजारमा महिलाहरुको सहभागिता बढाउनको लागि खनालले काम गरेकी थिइन् ।


क्लिकमान्डु