अर्थ समितिलाई देखाउँदै बैंकलाई ब्रोकर लाईसेन्स रोकेको नेप्सेलाई बोर्डले माग्यो जवाफ

क्लिकमान्डु २०७६ भदौ ३० गते १२:०६ मा प्रकाशित

काठमाडौं । धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई यसअघि दिएको विभिन्न ८ निर्देशनको जवाफ एक साता भित्र माग गरेको छ । बोर्डले भदौ २६ गते नेप्सेलाई जवाफ पठाउन पत्र पठाएको छ ।

बोर्डले आव २०७४–०७५ मा दिएको निर्देशन तथा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एंव लगानीका लागि स्रोत तथा व्यवस्थान सम्बन्धी सुझाव समितिले दिएको सुझाव कार्यान्वयन नभएको विषय तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन समेत दिएको छ ।

जसमा तोकिएको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकलाई सहायक कम्पनी मार्फत सेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स दिने तथा संघीय संरचना अनुसार प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्लाहरुमा (काठमाडौं बाहेक) स्थानीय स्तरमा ब्रोकर लाईसेन्स दिने सम्बन्धमा ७ दिन भित्र जवाफ पेस गर्न भनेको छ । तर यस अघि नै नेप्सेले संघीय संसद अन्तर्गतको अर्थ समितिले प्रष्ठ नभने पनि स्वविवेकी निर्णय नगरी अर्को व्यवस्था नभएसम्मको लागि भन्दै बैंकलाई सहायक कम्पनी खोल्ने र ब्रोकरको कामलाई रोकेको छ ।

यस्तै बोर्डले बजारका लगानीकर्ताहरुको हित संरक्षण कोष स्थापना गर्ने र बजारका लगानीकर्ताहरुको हित संरक्षणको लागि विद्यमान कानूनी व्यवस्थामा सुधार गर्ने विषयमा पनि के भएको छ त्यसको ७ दिनमा जवाफा दिन निर्देशन दिएको छ ।

बोर्डले नेप्सेलाई कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई सेक्युरिटिज डिलरलाई प्रवेश गराउने सम्बन्धमा अध्ययन गरी बोर्डमा सिफारिस गर्ने, ओसिटि बजारलाई गतिशिल बनाउन प्रविधिमैत्री बनाई संचालन गर्ने विषयमा पनि जवाफ मागेको छ ।

यस्तै स्वचालित कारोबार प्रणालीलाई बैंक र सिडिएससीको प्रणालीमा पूर्ण रुपमा आवश्यक गरी सञ्चालन गर्ने तथा यसमा देखिएका समस्याहरुको सम्बन्धमा बोर्डले गरेको अध्ययन प्रतिवेदनको आधारमा समाधान गर्ने पर्ने, सिस्टम अडिट मा समावेश गर्न उपयुक्त हुने मापदण्डहरुका सम्बन्धमा पनि जवाफ माग गरेको छ ।

यता भौतिक रुपमा न्यूनतम कित्ता लिएका लगानीकर्ताहरुको सेयर कारोबार गरी अभौतिकीकरण गर्ने र धितोपप दलाल व्यवसायीहरुको लागि सुपरीवेक्षण सम्बन्धी कार्यविधिलाई अन्तिम रुपमा दिई कार्यान्वयन गर्ने विषयमा पनि जवाफ माग गरेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स