पर्यटनमन्त्रीले १ घण्टा प्लेन रोकेपछि यात्रुले सोधे- तपाई कहाँ मोजमस्ती गर्दै हुनुहुन्थ्यो ?



काठमाडौं । पर्यटन मन्त्री योगेश भट्टराईले नेपालगञ्ज एयरपोर्टमा १ घण्टा कुराएपछि यात्रुहरु आक्रोशित भएका छन् ।

आक्रोशित यात्रुहरुले मन्त्री विमानमा बसिकेपछि गाली गरेको भिडियोमा देख्न सकिन्छ ।

बुद्ध एयरको विमान आफ्नो कारणले रोकेपछि यात्रुहरुले आक्रोश पोखेका छन् ।

१ घण्टासम्म मन्त्री भट्टराईले विमान रोकेपछि आक्रोशित यात्रुहरुले भनेका छन्, ‘१ घण्टासम्म प्लेन रोक्ने, तपाई कहाँ मोजमस्ती गर्दै हुनुहुन्थ्यो, संविधानमा कहाँ लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ?’

फेसबुकमा शनिबार राति साढे ९ बजे ज्ञानेन्द्र शाहीले गरेको पोस्टमा उक्त भिडियो पोस्ट भएको छ ।

फेसबुकमा तीन वटा भिडियो पोस्ट गरिएको छ ।

यात्रुहरुले के भने ?

तपाई ले हाम्रो प्लेन किन रोकेको ? १ घण्टासम्म कहाँ हुनुहुन्थ्यो, मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो ? ख्याल राख्नु पर्दैन टाइमको ? टाइमको ख्याल राख्नु पर्छ कि पर्दैन ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जाम गरिदिने, यसको जवाफ दिनुहोस । हामी हजुरलाई रेस्पेक्ट गर्छौ तर यो तरिका भएन मन्त्री ज्यू, फेर्नुस, बुद्धिमा अलिकति बुद्धि आओस । तपाई र पदलाई हामी सम्मान गर्छौ । तर पञ्चायतमा यस्तो हुँदैनथ्यो । हाम्रो विश्वासलाई धिक्कार छ । सस्कृतिमन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले मन्त्रीज्यूसँग स्पस्ष्टिकरण माग्यौ तर मन्त्रीज्यूले यसको विषयमा जवाफ दिनु भएन, हामी फेरि पनि यसको जवाफ खोज्छौं । हामी सोसल मिडियामार्फत पनि खोज्ने छौं तर छोड्दैनौ ।’

 

यसैबीच पर्यटनमन्त्रीले यसबारेमा स्पष्टिकरण दिएका छन् । उनले जमामा १५ मिनेटमात्रै ढिला भएको भन्दै सहयोग गर्ने बुद्ध एयरलाई घन्यवाद दिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस

 

Posted by Gyanendra Shahi on Saturday, September 14, 2019

 


क्लिकमान्डु