महालक्ष्मी विकास बेैंकद्वारा विद्यालयमा महिला मैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले महिलामैत्री शौचालय बनाउन आर्थिक सहयोग गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको बिर्तामोड शाखाले महेन्द्र रत्न माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि २ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको हो ।
शनिबारका दिन काठमाडौंमा सम्पन्न एक कार्यक्रमका बीच बंैकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष निकिता गिरीलाई सो रकम हस्तान्तरण गरे ।

 


क्लिकमान्डु