सिभिल बैैंकले ल्यायो एन्यूटी बचत योजना, किस्ताबन्दीमा निक्षेप जम्मा गर्न मिल्ने



काठमाडौं । सिभिल बैंकले एन्यूटी बचत योजना सार्वजनिक गरेको छ ।

बैंकले नेपालमा पहिलो पटक एन्यूटी बचत योजना ल्याएको जनाएको छ । बैंकले बचत र मुद्दती निक्षेप समयोजन गरेर एन्यूटी बचत योजना ल्याएको जानकारी दिएको छ ।
एन्यूटी बचत योजनामा भविष्यमा आफुलाई चाहिने रकम र समय तोकेर मासिक किस्ता रकम बैंकमा भुक्तानी गर्नुपर्छ । यसरी इच्छाइएको व्यक्तिलाई निश्चित वर्षपछि सो रकम बैंकले दिने छ ।

यो खाताको ब्याजदर योजना अवधीभर स्थिर रहने छ । न्यूनतम १ हजार रुपैयाँमा खोल्न सकिने योजनामा १ वर्षदेखि ७ वर्षसम्म अवधीको लागि खाता संचालन गर्न सकिन्छ । खाता खोलेर रकम जम्मा गरेको तीन महिनापछि ६० प्रतिशतसम्म ऋण तथा खाता बन्द समेत गर्न सकिने बैंकले जनाएको छ ।
योजनामा संस्थागत तथा व्यक्तिगत लगानीकर्ताले सहभागिता जनाउन सक्नेछन् ।


क्लिकमान्डु