सेयर बजारको यस्तो कम्पनी जसले पाँचवर्षमा लगानीकर्तालाई करोडपति बनायो



मिन्डा इन्डष्टिजमा जुन व्यक्तिले पाँचवर्ष अगाडि ७.५ लाख भारु लगानी गरेका थिए । उनीहरु आज सबै करोडपति बनेका छन् । अनौठो के छ भने भारतमा आर्थिक मन्दीको असर सबैभन्दा बढी अटो र अटोको पाटपुर्जा बनाउने उद्योगमा परेको छ ।

मिन्डा अटो क्षेत्रको नै कम्पनी हो । अहिले यसको सेयर मूल्य ओरालो नै लागेको छ ।

सेयर विश्लेषकका अनुसार अहिले अटो क्षेत्रमा देखिएको असर मिन्डामा परेको छ । तर,बिएस भिआइ नम्र्सको कारण कम्पनीको उत्पादन गर्ने पार्टसको उत्पादनको बिक्री बढ्ने छ । अटो क्षेत्रमा नयाँ नम्र्स अर्कोवर्षदेखि भारतमा लागु हुँदैछ ।

अटो सेक्टरको इन्डेक्स ५ वर्षदेखि स्थिर रहेपनि मिन्डाको सेयर १२४४ प्रतिशतले बढेको छ । यो समयमा बिएसईको अटो इन्डेक्समा पनि कुनै परिवर्तन भएको छैन । पछिल्लो एक वर्षमा भने यसको सेयर मूल्य २७ प्रतिशतले घट्यो । पाँचवर्षको अवधीमा कम्पनीले १७ सय प्रतिशत प्रतिफल सेयरधनीलाई दिएको छ ।

मिन्डा भारतको शिर्ष स्थानमा रहेको अटो कम्पनी हो । कम्पनीले पार्टसहरुको उत्पादन गर्छ । गाडीको लागि चाहिने सामाग्री कम्पनीले उत्पादन गर्दै आएको छ । एजेन्सी


क्लिकमान्डु