बिओकेद्धारा लाभांश घोषणा, ११ प्रतिशत नगद लाभांश, ६ प्रतिशत बोनस सेयर



काठमाडौं । बैंक अफ काठमाण्डूले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंकको संचालक समितिको बैठकले ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्विकृति र साधारणसभाले पारित गरेपछि सेयरधनीले सो लाभांश पाउने छन् । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड रुपैयाँ हुने छ ।


क्लिकमान्डु