जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट, पर्यटनमन्त्रीले ल्याए १४१ प्रतिबद्धता



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले १४१ कार्ययोजना सार्वजनिक गरेका छन् ।

चालु आर्थिक वर्षमा मन्त्रालयबाट गरिने कामलाई सोमबार मन्त्री भट्टराईले बुँदागत रुपमा उल्लेख गरेका हुन् ।

जसमा मन्त्री भट्टराईले ७० वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था गर्ने बताएका छन् ।

भट्टराईले नागरिक उड्डयन क्षेत्रलाई युरोपियन युनियनको सिग्निफिकेन्स सेफ्टी कन्सर्नबाट हटाउन आवश्यक पूर्व सर्तहरु पूरा गर्ने तथा यसका लागि नागरिक उड्डयन क्षेत्रमा नियामक र सेवाप्रदायक निकायको अलग अलग व्यवस्था हुनेगरी नयाँ कानूनहरु तर्जुमा गर्ने कार्यक्रम समेत समावेश गरेका छन् ।

त्यस्तै, नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीको रुपमा सञ्चालन गर्ने, नेपाल भ्रमण वर्ष २०२० मा कम्तीमा २० लाख पर्यटक ल्याउन प्रमुख १० वटा स्रोत बजारहरुको पर्यटक आगमन प्रक्षेपण र त्यसका लागि आवश्यक कार्यक्रम संचालन गर्ने उल्लेख छ ।

साथै पशुपतिनाथ मन्दिर परिसरमा हुने आरतिलाई युट्युवबाट लाइभ गर्नेसम्मका योजना भट्टराईले अगाडि सारेका छन् ।

हेर्नुहोस मन्त्री भट्टराईको प्रतिबद्धता


क्लिकमान्डु