बैकलाई करोडौं ठगीको आरोप लागेका सिटिजन बैंकका प्रबन्धक स्वाँरको हृदयाघातबाट मृत्यु



काठमाडौं । सिटिजन्स बैंक नेपालगञ्जका प्रबन्धक विवेक स्वाँरको हृदयाघातका कारण गए राति मृत्यु भएको छ ।

हृदयघात भएर भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको हो ।

सिटिजन्स बैंकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौँ ठगी गरेको अभियोग लागेपछि मानसिक तनावमा रहेका स्वाँरको हृदयघातबाट मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

सिटिजन्स बैंकमा दिनभर व्यस्त रहेका स्वाँर आइतबार अबेर बेलुका ६ बजे कार्यालयबाट घर आएका थिए । उनी एक्कासी बिरामी भएपछि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वाँरले बैंकिङ कसुरअन्तर्गत मुद्दा भोगिरहेका थिए । गत साउन ८ गते रु २५ लाख धरौटीमा छुटेका स्वाँरको एक महिनापछि भदौ ८ गतेका दिन हृदयघातबाट मृत्यु भएको छ ।

उनको सोमबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।


क्लिकमान्डु