जनता बैैंकद्धारा निःशुल्क पानी तथा ग्लुकोज पानी वितरण



काठमाडौं । जनता बैंकले कृष्ण जन्माष्टमीको अवसरमा पाटन कृष्ण मन्दिर र बुढानिलकण्ठ स्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ ।

उक्त दिन दुबै धाममा आएका हजारौ भक्तजनहरुलाई गर्मी मौसममा लामो समय सम्म लाइनमा बस्नुपर्दाको असुविधालाई ध्यान दिई बैंकले निःशुल्क पिउने पानी तथा ग्लुकोज पानी उपलब्ध गराएको हो ।

बैंकले हरेकृष्ण धाम, बुढानिलकण्ठका अध्यक्ष रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाख नगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको छ । हरेकृष्ण धामले हरेक बर्ष कृष्णजन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन (प्रसादी) को ब्यबस्था गर्ने गरेको बैंकले जनाएको छ ।


क्लिकमान्डु