सिद्धार्थ बैंकले सार्वजनिक गर्यो ब्याजदर, कुनको कति ?



काठमाडौं । सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप खातामा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको छ ।

यस्तै बचततर्फ अधिक्तम ६.५ र न्यूनतम ५.५ प्रतिशत रहेको छ । बैंकले हाल १६ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले ब्याजदर सार्वजनिक गर्ने क्रममा बचतमा मात्रै नभएर ऋणतर्फको पनि ब्याजदर सार्वजनिक गरेको छ । जसमा सबैभन्दा बढी १६.५७ प्रतिशतसम्म रहेको छ ।

बैंकबाट ओभर ड्राफ्ट लोन लिँदा १६.५७ प्रतिशत ब्याज लाग्ने छ । यस्तै सेयर धितो राखेर ऋण लिँदा पनि १६.५७ प्रतिशत ब्याज लाग्ने गर्दछ । बैंकबाट अटो र होम लोन लिँदा १५.५७ प्रतिशत ब्याज तिर्नुपर्दछ ।


क्लिकमान्डु