भारतले संविधानको धारा ३७० हटाएपछि जम्मु कश्मिरमा बैंकको सेयर २० प्रतिशतले बढ्यो



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरमा दिइँदै आएको संवैधानिक हक संविधानको धारा ३७० अन्तर्गतको विशेषाधिकार खारेज गरेसँगै जम्मु कश्मिरमा रहेका बैंकको सेयरमा आश्चर्यजनकले उछाल आएको छ ।

जम्मु र कश्मिरका बैंकहरुको सेयर बुधबार २० प्रतिशतले बढेको छ । भारतको नेशनल स्टक एक्सचेञ्जमा बुधबार ४५ रुपैयाँ भारुले सेयर मूल्य बढेको छ ।

मंगलबार र बुधबार बजारमा सेयर मूल्य उच्च हुँदा २ दिनमा ३२ प्रतिशतले बढेको छ । जम्मु र कश्मिरलाई दिइँदै आएको विशेषाधिकार खारेज गरी केन्द्र शासित राज्य बनाउने र लद्दाखलाई छुट्टै राज्यका रुप मान्यता दिने निर्णय गरेसँगै बैंकको सेयरमा उच्च वृद्धि देखिएको हो ।

यसरी जम्मु कश्मिर र लद्दाखलाई विभाजन गरेसँगै बाह्य लगानी तथा जग्गा खरिद गर्न पाउने भएकाले बैंकको सेयरमा भारी वृद्धि भएको आँकलन गरिएको छ । स्टेट बैंक अफ इन्डियाबाहेक जे एन्ड के जस्ता प्रमुख बैंकको सेयरमा भारी वृद्धि भएको छ ।

गत शनिबार जे एन्ड के बैंकको सेयर ५८.४ प्रतिशतले घटेर २१.८७ करोड पुगेको थियो । सन् २०१८ को पहिलो क्वार्टरको तुलनामा सन् २०१९ को पहिलो क्वार्टरमा बैंकको १८.९ प्रतिशतले बढेर कुल आम्दानी २२५६.२५ करोड भारु पुगेको छ ।

सन् २०१९ जुल ३० मा बैंकको निष्क्रिय पूँजी ६०३०.८४ करोड भारु पुगेको छ । सन् २०१९ मार्च ३१ मा ६२२१.३५ करोड भारु थियो । त्यस्तै, सन् २०१८ जुन ३० मा निष्क्रिय पूँजी ६२४१.६७ करोड भारु थियो ।

जे एन्ड के बैंकमा केही साता अघि सुशासनको विषयलाई लिएर अध्यक्ष र प्रबन्ध निर्देशक पर्वेज अहमदलाई भ्रष्टाचारको आरोपमा हटाइएका थिए । बैंकमा अहिले आरके चिम्बर अन्तरिम अध्यक्ष र प्रबन्ध निर्देशक नियुक्त भएका छन् ।

 


क्लिकमान्डु