टाट पल्टेका भाइ अनिलको सम्पत्तिमा अर्बपति दाइ मुकेशको आँखा



भारतीय अर्बपति व्यापारी धिरुभाइ अम्बानीका दुई छोरामध्येका कान्छा छोरा अनिल अम्बानी टाट पल्टि सकेका छन् । केही महिना अघि मात्रै ऋण तिर्न नसकेर जेल जाने तयारीमा रहेका उनलाई दाई मुकेश अम्बानीले ऋण तिरिदिएर बचाएका थिए ।

अहिले उनै मुकेश अम्बानी भाई अनिल अम्बानीको स्वामित्वमा रहेको रिलायन्स कम्प्युनिकेशनको सम्पत्ति लिनका लागि दौडमा सामिल भएका छन् । खासगरी रिलायन्स कम्यूनिकेशनको समपत्ति लिने होडमा उनी मात्रै होइन उनीसँग १२ कम्पनी पनि सहभागी छन् ।

तर भाई अनिलको सम्पत्ति लिने दौडमा दाई मुकेशको कम्पनी रिलाइन्स जियोसँगै सुनिल मित्तलको भारती एयरटेल कम्पनीबीच कडा टक्कर हुने देखिएको छ ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचारका अनुसार दुबै कम्पनीले इन्सल्भेन्सी प्रोसिडिङका आधारमा आरकम र यसका दुई इकाई कम्पनीहरु रिलायन्स टेलिकम र रिलायन्स इन्फ्राटेलमा रुचि देखाएका छन् ।

हालसम्म सम्पत्ति प्राप्तीका लागि १२ वटा कम्पनीले एक्सप्रेसन अफ इन्टरेस्ट (ईओआई) पठाइसकेका छन् । जसमा भारती एयरटेल र जीयो पनि छन् । तर वोडाफोन, आईडिया जस्ता कम्पनीले भने ईओआई पठाएका छैनन् ।

आरकम कम्पनीको वायरलेस सम्पत्ति अन्तर्गत बिहार, हरियाणा, हिमाचल प्रदेश, मध्य प्रदेश, मुम्बई, ओडिसा, आन्द्र प्रदेश, दिल्ली, महाराष्ट्र, यूपी–इस्ट, केरल, कर्नाटक, तमिलनाडू र राजस्तानका ८०० मेगाहर्ज ब्यान्डमा ४जी स्पेक्ट्रम छन् । यो सन् २०२१ को जुलाईमा एस्पायर हुनेछन् ।

त्यस्तै, रिलायन्स इफ्राटेल अन्तर्गत आउने कम्पनीले ४३००० टेलिकम टावरसँगै केही फाइबर तथा रियल एस्टेट एसेट्स छन् ।

आरकमसँग अहिले ४६००० करोड भारुको कर्जा छ । आरकमको फाइनान्सियल क्रेडिटर्सले ४९१९३ करोड भारुको कर्जा भएको दाबी गरेका छन् ।


क्लिकमान्डु