आईएमएस केयरले न्यूरोडमा सेवाकेन्द्र फेरि सुरु गर्यो



काठमाडौं । आईएमएस केयरले न्यूरोड पाकोस्थित ताम्राकार कम्प्लेक्समा आफनो सेवा केन्द्र पुनः सुचारु गरेको छ । आधुनिक पूर्वाधारले सम्पन्न यस सेवा केन्द्रले विश्वस्तरिय सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

यस सर्भिस सेन्टरको सामसुङ इलेक्ट्रोनिक्स्का प्रबन्ध निर्देशक तथा उप–सभापति युवेओम वोन, आईएमएस गु्रपका अध्यक्ष दीपक मलहोत्रा, सामसुङ इलेक्ट्रोनिक्स्का नेपालका प्रबन्धक प्रणय रत्न स्थापित र आईएमएस गु्रपका सिइओ र प्रेसिडेण्ट दिकेश मलहोत्राले संयुक्त रुपमा उद्घाटन गरे ।

ग्राहकहरुलाई सधै उत्कृष्ट सेवा तथा सुविधा दिने र आवश्यकता अनुसार अन्य स्थानहरुमा पनि ग्राहकहरुका लागि १८ सेवा केन्द्रलाई पनि अझै बढाउँदै जाने आईएमएस गु्रप अध्यक्ष मलहोत्राले बताए ।

आइएमएस ग्रुप विगत २७ वर्षमा क्रमिक रुपमा विकसित हुँदै र झनै विस्तारित हुँदै आएको छ जुन कम्पनीको ब्यानरमा रहेका विभिन्न उत्कृष्ट कम्पनीहरुबाट स्पष्ट हुन्छ ।

विगत ५ वर्षमा ग्रुप आयको अधारमा ५ गुणाले वृद्धि हुँदै देशभरमा आफ्नो उपस्थिति बढाउन पनि सफल भएको छ ।

हाल यस अन्तर्गत कुल २० भन्दा बढी कम्पनीहरु छन् । टेक्नोलोजी र आर्थिक पक्षहरुमा सकारात्मक परिवर्तन ल्याइ देशको उत्पादकत्व बढाउन तथा रोजगारीका अवसरहरु सिर्जना गर्न कम्पनी सधैं नै केन्द्रित छ ।


क्लिकमान्डु