यसरी गरिन्छ मौसम र बाढी सम्बन्धी पूर्वानुमान (भिडियो)



काठमाडौं । दैनिक आउने एउटा समाचार हो, मौसम पूर्वानुमान । विभिन्न अवस्थालाई दाँजेर कुन ठाउँको मौसम कस्तो रहन्छ भन्ने विश्लेषण गर्छन् मौसमविदहरु ।

मौसम विश्लेषण गर्दा के कसरी गरिन्छ ? यो एउटा आम चासोको विषय हो किनकी आम जनतालाई यसको विश्लेषण विधि थाहा हुदैन ।

पछिल्लो समय सूचना तथा प्रविधिको विकाससँगै मौसम अनुमान गर्ने परम्परागत शैलीमा निकै परिवर्तन आएको छ । सूचना प्रविधिको विकाससँगै मौसम पूर्वानुमान गर्न निकै सहज भएको मौसमविदहरुले समेत बताउँछन ।

नेपालको सन्दर्भमा पनि अहिले मौसम पूर्वानुमान गर्न पछिल्लो समय आधुनिक प्रविधि प्रयोग हुँदै आएको छ । जसकारण मौसमबारे गरिएको पूर्वानुमान पहिलेको तुलनामा निकै मेल खाँदै गएको छ ।

तर यहि मौसम र सम्भावित बढी तथा अन्य विपद थाहा पाउनका लागि के कस्तो विधि अपनाइन्छ छ ? यसबारे जानकारी दिँदै जल तथा मौसम बिज्ञान विभागका मौसमविद् ।

हेर्नुहोस् भिडियोमा


पुष्प दुलाल