एनसीसी बैंकले १५.८९ प्रतिशत बोनस सेयर दिने, बल्ल पुग्यो पुँजी
काठमाडौं । एनसीसी बैंकले लगानीकर्तालाई लाभांश दिने भएको छ । बैंकले लगानीकर्तालाई १५.८९ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजगनको लागि ०.८३० प्रतिशत नगद लाभांश दिने भएको छ ।
हाल ७ अर्ब १ करोड ८५ लाख ८७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको बोनस वितरण पछि चुक्ता पुँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्ने भएको छ ।