राष्ट्र बैंकले बैंकका सीइओहरुलाई छलफलका लागि फेरि बोलायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)लाई छलफलका लागि फेरि छलफलमा बोलाएको छ ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले प्रमुख कार्यकारी अधिकृतलाई शुक्रबार छलफलका लागि बोलाएको हो ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका प्रमुख कार्यकारी निर्देशक महेश्वरललाल श्रेष्ठले जोखिम व्यवस्थापनको छलफल गर्नको लागि बैंकका प्रमुख कार्यकारीलाई बैठकमा बोलाइएको जानकारी दिए ।

बैठकमा गतसाता राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले दिएको मर्जरको विषयमा बैंकहरुको प्रतिबद्धताको विषयमा समेत छलफल हुने छ ।


क्लिकमान्डु