नेपाल बंगलादेश बैंकको ऋणपत्र बाँडफाँड



काठमाडौं । नेपाल बंगलादेश बैंकले जारी गरेको ‘१०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५’ ऋणपत्र बाँडफाँड भएको छ ।

उक्त ऋणपत्रमा ८३४ जना आवेदनले १ लाख २६ हजार ९२८ कित्ताको लागि आवेदन दिएका थिए । उक्त आवेदन मध्ये १३९ जना आवेदकहरुले आवेदन दिएको १२ हजार १५० कित्ता ऋणपत्र रद्द भएको छ भने ६९५ जना आवेदहरुले माग गरेबमोजिम ऋणपत्र बाँडफाँड गरेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

१ लाख १४ हजार ७७८ कित्ता ऋणपत्र बाँडफाँड गरिएको र व्यक्तिगत तर्फ १२ लाख कित्ता ऋणपत्र खरीद आव्हान भएकोमा २७ जना योग्य आवेदकलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ६ लाख ८५ हजार २२२ कित्ता समेत गरी १८ लाख ८५ हजार २२२ कित्ता ऋणपत्र बाँडफाँड भएको छ ।

सर्वसाधारण समूहबाट ११ करोड ४७ लाख ७८ हजार रुपैयाँ र व्यक्तिगत तवरबाट १ अर्ब ८८ करोड ५२ लाख २२ हजार रुपैयाँसहित २ अर्ब रुपैयाँको निष्कासन गरिएको थियो । बैंकले जेठ १० गतेदेखि २० लाख युनिट कित्ता ऋणपत्र खुला गरेको थियो ।


क्लिकमान्डु