गरिमा विकास बैंकका ग्राहकले ग्राण्डी हस्पिटलमा विशेष छुट पाउने




काठमाडौं । गरिमा विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच विशेष छुट दिने सम्बन्धमा सहमति भएको छ । सम्भौता अनुसार अब गरिमा विकास बैंकको भिजा कार्र्ड भएका ग्राहकहरुले ग्राण्डी इन्टरनेशनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट पाउनेछन ।

गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र ग्राण्डी इन्टरनेशनल हस्पिटलको तर्फबाट व्यवसाय तथा बजार प्रमूख दिनेश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकका काठमाण्डौं उपत्यकामा ८ वटा शाखा कार्यालयसहित देशभर ७६ शाखा कार्यालय सञ्चालनमा रहेका छन । साथै, विकास बैंकले निकट भविष्यमा देशका विभिन्न १५ स्थानमा थप शाखा कार्यालयहरु स्थापना गर्ने तयारीमा रहेको बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु