मेगा र सेच्नुरी बैंकले नयाँ ब्याजदर सार्वजनिक, कुन बाट ऋण लिँदा सस्तो



काठमाडौं । मेगा र सेच्नुरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । दुई बैंकले एकै दिन सार्वजनिक गरेको ब्याजदरमा मेगा बैंक भन्दा सेन्चुरी बैंक मंहगो देखिएको छ ।

सेन्चुरी बैंकको मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.६० प्रतिशत ब्याजदर रहेको छ । यस्तै बचत खातामा न्यूनतम १ देखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याज पाइने बैंकले जनाएको छ ।

यस्तै चैत मसान्तसम्ममा बैंकको बेस रेट आधार मूल्य ११.३२ प्रतिशत रहेको छ । सेञ्चुरी बैंकबाट ऋण लिँदा १७.३२ प्रतिशतसम्म ब्याज तिर्नूपर्दछ । बैंकबाट सवारी साधन ऋण लिँदा १७.३२ प्रतिशतसम्म ब्याज लाग्दछ । यस्तै होम लोन लिँदा १६.५७ प्रतिशतसम्म ब्याज लाग्दछ । कुनै लगानीकर्ताले सेयर धितो राखेर ऋण लिन चाहेको खण्डमा १५.५७ प्रतिशतसम्म ब्याज लाग्छ ।

यस्तै मेगा बैंकले पनि मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.६० प्रतिशत ब्याज दिने छ । यस्तै बचत खातामा न्यूनतम ०.५० देखि अधिकतम ६.५० प्रतिशतसम्म ब्याज पाइने बैंकले जनाएको छ । बैंकको जेठसम्मको बेसरेट (आधार मूल्य) १०.१० प्रतिशत रहेको छ ।

बैंकबाट ऋण लिँदा सबै भन्दा बढी १६.१० प्रतिशत ब्याज लाग्ने छ । सबै भन्दा बढी ओभर ड्राफ्ट लोन, टर्म लोन, हाउजिङ, अटो, शिक्षाका लागि ऋण लिँदा १६.१० प्रतिशत ब्याज तिर्नुपर्छ ।


क्लिकमान्डु