विद्युत् प्राधिकरणले माग्यो साढे ६ सय कर्मचारी, एसएलसी पासले समेत आवेदन गर्न पाउने



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणले ६५४ जना नयाँ कर्मचारी माग गरेको छ ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी अधिकृत स्तर १० तहदेखि सहायक स्तरका कर्मचारीको समेत माग गरेको हो ।

प्राधिकरणले अधिकृत स्तर १० तह देखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका कर्मचारी माग गरेको हो ।

विभिन्न तह र सेवा समूहमा रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न उक्त संख्यामा कर्मचारी माग गरिएको हो ।

यही असार १३ गतेदेखि २१ दिन भित्र अर्थात आगमी साउन २ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित पदमा आवश्यक योग्यताका आधारमा स्नातकोत्तरदेखि प्राविधिक एसएलसी उत्तीर्ण वा प्राविधिक एसइईमा कम्तीमा सी प्लस ग्रेड ल्याएकाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु