सानिमा बैंकले कर्मचारी माग्यो



काठमाडौं । सानिमा बैंक विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । विभिन्न ५ पदका लागि माग गरिएको विज्ञापनमा इच्छुकले जुलाइ १० तारिखसम्म आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

बैंकले केन्द्रीय कार्यालयका लागि रिलेसनसिप अफिसर, इन्टरनल अडिट पदमा कर्मचारी माग गरेको छ ।

त्यस्तै, इन्स्पेक्सन एण्ड रिकवरी, रिलेसनसिप अफिसर/म्यानेजर डिपोजिट म्यानेजमेन्ट र क्रेडिट शाखामा रिलेसनसिप अफिसर र म्यानेजर माग गरेको छ ।


क्लिकमान्डु