नेपाल क्लियरिङ्ग हाउसकोे अध्यक्षमा शाक्य



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा नरेश शाक्य सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएको छन् । शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ्ग शाखामा कार्यकारी निर्देशक भएर काम गरिसकेका छन् ।

त्यसैगरी स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको रुपमा नियूत्त गरेको छ । क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक, वित्तीय कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजिज्बाट एक–एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजिज् लिमिटेडद्वारा प्रवद्र्धित कम्पनी हो । यसको एनसिएचएल इसीसी,एनसीएचएल, आईपीएस र कनेक्ट आईपीएस इ–पेमेन्ट प्रणाली सञ्चालनमा रहेका छन् । हालसम्म यसमा प्रत्यक्ष सदस्यको रुपमा ८० भन्दा बढि बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् भने ११ भन्दा बढि संस्थाहरु अप्रत्यक्षर टेक्निकल सदस्यका रुपमा आबद्घ रहेका छन् ।


क्लिकमान्डु