राष्ट्र बैंकको लिखित परीक्षामा नाम निकाल्ने २१ जनालाई अन्तर्वार्ताका लागि बोलाइयो



काठमाडौं । नेपाल राष्ट्र बैंकको जागिरका लागि लोकसेवा आयोगले लिएको लिखित र प्रयोगात्मक परीक्षामा पास भएका २१ जनालाई अन्तर्वार्ताका लागि बोलाइएको छ ।

राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले सूचना प्रकाशित गरेर अन्तवार्ताका लागि बोलाएको हो । अन्तर्वार्ता दिन जाँदा शैक्षिक प्रमाणपत्रहरुको सक्कलै प्रति सहित जानुपर्नेछ ।

१ देखि ४ रोल नं. भएका उम्मेद्वार असार २३ गते सोमबार बिहान ७ बजे, ५ देखि ८ रोल नं. भएका उम्मेद्वार असार २३ गते बिहान ८ः३० बजे राष्ट्र बैंकको बालुवाटारस्थित कार्यालयमा पुग्नुपर्ने छ ।

त्यसैगरी, ९ देखि १२ रोल नं. भएका उम्मेद्वार असार २४ गते मंगलबार बिहान ७ बजे, १३ देखि १६ रोल नं. भएका उम्मेद्वार ८:३० बजे र १७ देखि २१ रोल नं. असार २४ गते बेलुका ५:३० बजे अन्तवार्ताका लागि उपस्थित हुनुपर्ने छ ।


क्लिकमान्डु