ललितपुरको इमाडोलमा प्रभु बैंकले शाखा खोल्यो



ललितपुर । प्रभु बैंकले ललितपुरको इमालोडमा शाखा खोलेको छ । इमाडोलस्थित कृष्ण मन्दिरको अपोजिटमा बैंकले शुक्रबार शाखा स्थापना गरी कारोबार शुरु गरेको छ ।

उक्त शाखाको उदघाटन महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले गरे । मेयर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे ।

उनले यस इमाडोल शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए ।

इमाडोल शाखा समेत गरी बंैकले हालसम्म १८५ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

आजदेखि सञ्चालनमा आएको उक्त शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेछन् । र, समग्र नगरवासीहरुको आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको जारी विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु