पृथ्वीबहादुर पाँडेले भने- शेयरमा चलखेल गर्न हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर हल्ला चलाइयो

371
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले अब छिट्टै पूर्वतिरको विकास बैंक गाभ्ने तयारी भइरहेको बताएका छन् । जेविल्स फाइनान्सलाई एक्वायर गर्न लागि शुक्रबार बोलाइएको विशेष साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पाँडेले यस्तो बताए ।

हामीले पूर्वतिरको एउटा विकास बैंकलाई एक्वायर गर्ने तयारीमा छौं,’ पाँडेले भने, ‘अहिले यहाँ मैले नाम भन्न् मिल्दैन ।’

अध्यक्ष पाँडेले इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्ज हुँदैछन् भनेर बजारमा गलत हल्ला चलाइएको बताएका छन् ।

‘यो हल्ला बजारमा शेयरको मूल्य चलखेल गर्न चलाइएको हुनसक्छ,’ पाण्डेले भने, ‘म सबैलाई यस्तो हल्लाको पछि नलाग्न आग्रह गर्छु ।’

पाँडेले वाणिज्य बैंकलाई गाभ्नेबारे आफूहरुले अहिलेसम्म कुनैपनि प्रक्रिया अघि नबढाएको साधारणसभालाई जानकारी दिए । तर, आगामी मौद्रिक नीतिले ठूला बैंक मर्जरमा जाँदा छुट दियो भने आफूहरु पनि मर्जरमा जानसक्ने संकेत गरे ।

Skip This