एनआईसी एसिया बैंकले माग्यो ४ सय कर्मचारी



काठमाडौं । एनआईसी एसिया बैंकले विभिन्न पदमा गरी ४ सय जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । जुलाइ ५ तारिखसम्म आवेदन दिन सकिने गरी खुलाइएको विज्ञापनमा जनाइएको छ ।

बैंकले उपत्यकाभित्रका लागि ५० जना ब्रान्च म्यानेजर माग गरेको छ । त्यस्तै, उपत्यकाभित्रकै लागि रिलेसनसिप म्यानेजर ५० जना, सर्भिस म्यानेजर १०० जना माग गरेको छ ।

यस्तै, बैंकले उपत्यकाभित्र र बाहिरका लागि हस्पिटालिटी सर्भिसका लागि २ सय जना माग गरेको छ ।

बैंकले १८ वर्ष पूरा भइ ४५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने जनाएको छ ।


क्लिकमान्डु