कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजानिक गर्यो, कुन कर्जा लिँदा कति ब्याज तिर्नुपर्छ ?



काठमाडौं । कृषि विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्यादरमा मुद्दति निक्षेपतर्फ संस्थागत रुपमा ८.६० प्रतिशत र व्यक्तिगत रुपमा ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

यस्तै बचत तर्फ न्यूनतम ०.६० देखि ६.५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले बचत खातामा १२ वटा शिर्षकका बचत खाता रहेको जनाएको छ ।

यस्तै बैंकको बेसरेट (आधार दर) १०.३७ प्रतिशत रहेको छ । बैंकले नयाँ ब्याजदरका साथै कर्जामा लाग्ने ब्याजदर पनि सार्वजनिक गरेको छ ।

बैंकबाट ऋण लिँदा १६.३७ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकबाट उद्योगको लागि ऋण लिँदा १५.३७ प्रतिशत, हाउस होल्ड लोन लिँदा १७.३७ प्रतिशत ब्याज तिर्नुपर्दछ ।

यस्तै होम लोन लिँदा १४.३७ प्रतिशत, शिक्षाको लागि १५.३७ प्रतिशत, १५.३७ प्रतिशत तथा मार्जिन लेन्डिङ लोन लिँदा १५.३७ प्रतिशतसम्म ब्याज लााग्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु