एनसेलको ‘कल आयो पैसा पायो’ योजनाको विजेता घोषणा पाए स्मार्टफोन



काठमाडौंं । एनसेलले ‘कल आयो पैसा पायो’ योजनाका विजेता घोषणा गरेको छ । यस योजना अन्तर्गत पहिलो चार हप्ताका १० जना ग्राहकहरुलाई एनसेलले स्मार्टफोन हस्तान्तरण गरेको छ ।

वैशाख १६ देखि सञ्चालनमा रहेको यो योजना साउन १३ गतेसम्म सञ्चालनमा रहनेछ ।

एनसेलले आफ्नो कस्टमर लोयल्टी कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको यस योजना अन्तर्गत ग्राहकले विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा २ मिनेट वा सोभन्दाबढी कुरा गर्दा प्रत्येक मिनेट २ रुपैयाँ बोनस स्वरुप १० मिनेटसम्म पाउँछन् ।

यसको अर्थ अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्दछन् ।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्छन् ।

यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १÷१ थान स्मार्टफोन पाउछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समयअनुसार विजेताको छनोट गरिन्छ ।

यो योजना सुरु भएको चार हप्तामा ४० जना ग्राहकहरु स्मार्टफोन पाउनको लागि छनोट भइसकेका छन् । जसमा १० ग्राहकको पहिचान प्रमाणित भई उपहार प्राप्त गरी सकेका छन् भने अन्य ३० ग्राहकको पहिचान प्रमाणित भइ सकेको छ ।

‘मेरो श्रीमान जेठ २० गते दुबइबाट फर्कनु भएको छ । उहाँलेनै मलाई उताबाट कल गर्नुहुन्थ्यो । कल आयो पैसा पायो योजनामा स्मार्टफोन जित्न पाएकोमा मलाई धेरै धेरै खुसी लागेको छ’’ झापा बिर्तामोडकी राधिका रम्तेलले भनिन् ।

उनले हालै मात्र एनसेलको मुख्य कार्यलयमा आयोजित एक कार्यक्रममा स्मार्टफोन ग्रहण गरेकी थिइन ।

‘मैले यो कल आयो पैसा पायो योजना सुचारु गरेको थिए । आफू एकदमै भाग्यमानी भएको अनुभव भइ रहेको छ । एनसेलले ग्राहकलाइ धेरै नै सेवा सुविधाहरु दिइ रहेकोछ ।’ आफ्नो खुसी व्यक्त गर्दै स्मार्टफोन विजेतामध्येकी एक इलामकी मञ्जना देवानले भनिन् ।

एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, अन्तर्राष्ट्रिय आगमन कलको संख्या र औसत कलको समयअनुसार यो योजना अन्तर्गतको विजेताहरुको छनोट गरिन्छ ।

प्रमाणिकरण भइसकेका विजयी ग्राहकलाई एनसेलको मुख्य कार्यलयबाट तथा देशभरीका एनसेल सेन्टरबाट स्मार्टफोन हस्तान्तरण गरिँदै आएको छ ।

यो योजना अन्तर्गत प्राप्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् ।

त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् ।

यो योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत पुर्याउँने एनसेलको विश्वास छ ।


क्लिकमान्डु