नागरिक लगानी कोषले सवा ४ अर्ब मुद्दती निक्षेपमा राख्ने



काठमाडौं । सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीको रकम कट्टा गर्दै आएको नागरिक लगानी कोषले ४ अर्ब २१ करोड ७४ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ ।

विभिन्न आयोजनामा समेत लगानी गरेको कोषले आफूसँग जम्मा हुन आउने तर कुनै पनि आयोजनामा लगानी नभएका रकमलाई ‘क’ वर्गका वाणिज्य बैंकका मुद्दती निक्षेपमा राख्न लागेको हो ।

कोषले उक्त परिमाणको रकम १ वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको छ । कोषले आज एक सूचना मार्फत आफूले लिन चाहेको रकम , व्याजदर र व्याज भुक्तानी गर्ने समय उल्लेख गरी निवेदन दिन भनेको छ ।

कोषले यही असार ८ गतेसम्म आवेदन दिनज आग्रह गरेको हो । कोषले शिबन्दी प्रस्ताव पेश गर्न भनेको छ । कोषले यसअघि पनि विभिन्न समयमा वाणिज्य बैंकहरुमा मुद्दती निक्षेप राख्दै आएको छ ।

कोषले कर्मचारी सञ्चय कोषसँग सहकार्य गरेर नेपाल वायु सेवा निगमलाई जहाज खरीदका लागि समेत ऋण उपलब्ध गराएको छ ।


क्लिकमान्डु