जेट एयरवेयजको दुःखद अन्त्य, अब आकाशमा जेट उड्ने छैन



मुम्बई । भारतीय निजी क्षेत्रको वायुसेवा कम्पनी जेट एयरवेयज अब इतिहास बन्ने लगभग पक्का देखिएको छ ।

इकोनोमिक्स टाइम्सका अनुसार जेट एयरवेयज अब पुनः संचालन हुने सम्भावना लगभग सकिएको छ ।

जेटका दुईजना संचालक अशोक चावला र शरद शर्माले कम्पनीको संचालक समितिबाट राजीनामा दिएका छन् ।

जेट एयरवेयजलाई ऋण लगानी गरेको प्रमुख ऋणदाता बैंक एसबिआईले जेट एयरवेयजको नेशन कम्पनी ल ट्रिब्युन(एनसीएलटी)मा जाने निर्णय गरेका छन् ।

एसबीआई बैंकले एउटा विज्ञप्तीमा जनाएअनुसार बैंकले इनसोल्भेन्सी एण्ड बैंककरप्सी (आईबीसी अनुसार जेट एयरवेयजको लोन रिजोलुसनको फैसला गरेको छ । भारतको हवाई उद्योगमा एउटा युगको अन्त्य भएको छ । जेट एयरवेयजको दुःखद अन्त्य भएको हो ।

जेटले अप्रिल १७ बाट आफ्नो सम्पूर्ण उडान बन्द गरेको छ । जेट बन्द भएसँगै त्यहाँ कार्यरत कर्मचारीहरु अर्को एयरवेज कम्पनीमा गएका छन् ।

भारतको व्यवसायिक वृतमा जमिनबाट आएर आकाश छोएर पुनः जमिनमा फर्केका व्यवसायीको सूचिमा नरेश गोयल भएका छन् ।

जिएसएबाट जेटका मालिक बनेका नरेश गोयल जसलाई कच्चा तेलको मूल्यले १ खर्बको ऋण बोकायो

नरेश गोयलले सन् १९९३ मा दुईवटा बोइङ ७३७ बाट जेट एयरवेयजको सुरुवात गरे । कुनैबेला सामान्य ट्राभल ऐजेन्सी चलाउने गोयलले भारतको पहिलो निजी क्षेत्रबाट चलाइएको एयरलाइन्स कम्पनीका मालिक बनेका थिए ।

बैंकको १ खर्बभन्दा बढी भारतीय रुपैयाँ ऋण रहेको गोयललाई भारत सरकारले विदेश जानको लागि रोक लगाएको छ ।

जेट एयरवेज खरिदको लागि हिन्दुजा ग्रुप तथा इतिहादले बोली लगाएका थिए । उनीहरुले बैंकलाई ८५ प्रतिशतसम्म कर्जा माफ गर्नको लागि भनेका थिए । बैंकले यो आग्रहलाई अस्वीकार गरेको थियो ।

जेट एयरलाइन्स बन्द हुँदा सोल्टी होटलको कति डुब्यो ? विमानस्थलले समेत पैसा लिन बाँकी

जेटले बैंकलाई चुकाउनुपर्ने १ खर्ब भारतीय रुपैयाँ कर्जा बाहेक विभिन्न कम्पनीलाई भुक्तान गर्नुपर्ने तथा कर्मचारीको तलब दायित्व लगायतका अन्य दायित्व गर्दा २५ खर्ब भारतीय रुपैयाँ रहेको जनाएको छ ।

नेपालमा पनि सोल्टी होटल तथा अन्तराष्ट्रिय विमानस्थलले समेत जेटसँग पैसा लिन बाँकी रहेको छ ।

जेट पुनः संचालन नहुँने लगभग पक्का भएसँगै यसको सेयर मूल्य मंगलबार ४०.७० प्रतिशतले घटेर ४०.५० भारुमा आएर बन्द भएको छ ।


क्लिकमान्डु