जिएसएबाट जेटका मालिक बनेका नरेश गोयल जसलाई कच्चा तेलको मूल्यले १ खर्बको ऋण बोकायो



सन् १९७० मा दिल्लीको बंगाली मार्केट बस्ने एउटा युवाले भारतको हवाई व्यवसायमा चमत्कार नै गर्यो । उनी हुन् जेट एयरवेयजका मालिक नरेश गोयल । भारतको हवाई व्यवसायमा आकाश पुगेका गोयल अहिले निकै समस्या परेका छन् । कारण हो जेट एयरवेयजमा भएको आर्थिक संकट ।

कुनै बेला ट्राभल ऐजेन्सीमा काम गर्ने गोयलले एयरलाइन्सको टिकट बेचेर हवाई क्षेत्रको व्यवसायमा प्रवेश गरेका थिए । सन् १९६० र ७० को दशकमा बेलायत र क्यानडामा धेरै ठूलो संख्यामा पंजाव राज्यबाट मानिसहरु गएका थिए । १९८० पछि खाडी जाने भारतीयको संख्या बढ्यो ।
बंगाली मार्केटको कस्तुरबा गांन्धी मार्गमा हुने ढाबामा कुनैबेला खाजा खानको लागि नरेश गोयलसँग प्रयाप्त पैसा हुँदैन थियो । तर,उनले व्यवसायको यस्तो साम्राज्य खडा गरे उनको यसरी सुरु भएको व्यवासायिक यात्राको रोमान्चकता उचाईसँगै संकटको यात्रा निकै नै रोचक छ ।

सन् १९८० मा सिंगापुर एयरलाइन्सको जनरल सेल्स ऐजेन्ट(जिएसए) बनेपछि उनले पैसा कमाउन सुरु गरे । सो समयमा उनले महिनामा ५० हजार भारु कमाउने गरेका थिए ।

दक्षिण भारतका मानिसहरु कामको लागि खाडी देशमा जान थाले । उनीहरु मुम्बईको बाटो हुँदै खाडी पुग्ने गर्थे । नरेश गोयलले अब दिल्लीमा रहेर व्यवसाय नहुँने सोचेर मुम्बई तर्फ लाग्ने निर्णय गरे । उनी बिहान दिल्लीबाट मुम्बई गएर बेलुका दिल्ली फर्कर्ने गर्थे । तर,मुम्बईको हाइक्लासमा उनको पहुँच सजिलोसँग भएन । पैसा कमाएपनि त्यो बेलासम्म गोयलले दिल्लीमा घर किनेका थिएनन् । मुम्बईमा उनले घर किने ।

सन् १९९३ मा नरेश गोयलले दुईवटा बोइङ ७३७ बाट जेट एयरवेयजको सुरुवात गरे । कुनैबेला सामान्य ट्राभल ऐजेन्सी चलाउने गोयलले भारतको पहिलो निजी क्षेत्रबाट चलाइएको एयरलाइन्स कम्पनीका मालिक बने ।

जेट एयरवेयजको उद्घाटन जेआरडी टाटाले गरे । जसले गोयललाई भारतभर व्यवसायिक क्षेत्रमा चिनाउनको लागि मद्दत गर्यो । कुनै बेला बंगाली मार्केटमा ढावामा खानको लागि प्रयाप्त पैसा नहुँने गोयल भारतको हवाई क्षेत्रको ठूलो ब्राण्ड नै बने । सन् २००२ मा जेटले इन्डियन एयरलाइन्सलाई पछाडि पार्दै भारतको सबैभन्दा ठूलो एयरलाइन्स बन्यो । २००५ मा उनले जेट एयरवेयजको आइपियो ल्याए । २० प्रतिशत सेयर पब्लिकलाई बेचे ।

सन् २००६ मा गोयलले सहरा एयललाइन्सलाई २२५० करोड भारुमा किने । त्यसले उनलाई २७ वटा एयरक्राफट र अन्तराष्ट्रिय रुटपनि मिल्यो ।

२००५ पछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो । सन् २००८ को आर्थिक संकटले विदेशबाट फन्डिङ आउन सकेन । एयरलाइन्स व्यवसाय घाटामा नै जान लाग्यो ।

नयाँ दिल्ली जान हवाईजहाजको टिकट नै छैन, डेढ घण्टाको दुरी मलेसियाको बाटो हुँदै, मूल्य १ लाखसम्म

जेट र सहाराको मर्जरपनि राम्रोसँग भएन । काम गर्ने तरिकाले गर्दा कर्मचारी व्यवस्थापन नै हुन सकेन । सन् २००८ मा जेटले १० हजार कर्मचारीलाई हटाउने निर्णय गर्यो । तर,देशभर भएको विरोधले यो निर्णय कार्यान्वयन भएन । २०१२ मा इन्डिगोले भारतको आन्तरिक बजारमा जेटको पहिलो स्थान खोस्यो ।

समस्यामा परेका गोयललाई संकटबाट पार लगाउन शरद पवार अगाडि आए । कांग्रेस आइ नेतृत्वको युपिए २ मा पवारले आफ्ना मित्र गोयललाई संकटबाट पार लगाउन एविएशन मन्त्रालयले मागेका थिउ । त्योसँगै भारतमा आन्तरिक वायुसेवा कम्पनीमा एफडिआई खुल्ला भयो । जेटमा २४ प्रतिशत हिस्सेदारी लिएर युएईको इत्तिहात प्रवेश गर्यो । इत्तिहाद प्रवेश भएपनि जेटको आर्थिक अवस्था सुधार आएन ।
बुधबार जेट एयरवेयजले अर्को सूचना नआउदासम्मको लागि उडान पूर्ण रुपमा स्थगत गरेको छ ।

जेट एयरवेयजबाट नरेश गोयलले राजिनामा दिएका छन् । उनी फर्कर्नको लागि प्रयास गरेका छन् । तर,पैसा भने जेट करिब १.२ अर्ब अमेरिकी डलरको ऋणमा छ । १२३ वटा विमान रहको जेटका कर्मचारीदेखि सबै अन्यौलमा परेका छन् । २३ हजार जनाले यसमा रोजगारी पाएका छन् ।


क्लिकमान्डु