साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भार्गव विकास बैंकलाई अक्वाएर गर्न पायो सहमति



काठमाडौं । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भार्गव विकास बैंकलाई अक्वाएर गर्ने भएको छ ।

साइन रेसुङ्गाले भार्गव विकास बैंकलाई अक्वाएर गर्न नेपाल राष्ट्र बैंकबाट शैद्धान्तिक सहमति पाएको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म साइन रेसिङगाको चुक्ता पुँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ रहेको छ । बैंकको नाफा ३१ करोड ९ लाख ३ हजार रुपैयाँ रहेको छ । प्रति सेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १३९ रुपैयाँ ५९ पैसा रहेको छ ।

यस्तै भार्गव विकास बैंकले चालु आवको दोस्रो त्रैमासको मात्रै वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको थियो । त्यो अवधिमा बैंकले ३ करोड ३१ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यस्तै प्रति सेयर आम्दानी १३ रुपैयाँ २२ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १२४ रुपैयाँ ४४ पैसा रहेको छ ।


क्लिकमान्डु