नेपाल बंगलादेश र बिओकेले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । नेपाल बंगलादेश बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले सार्वजनिक गरेको ब्याजदरमा मुद्दति निक्षेप भने संस्थागत तर्फ ८.६० प्रतिशत र व्यक्तिगत तर्फ ९.२५ प्रतिशत रहेको छ ।

यस्तै बैंकको बचत तर्फ सबै खातामा ६.५० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले हाले विभिन्न १३ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।
अहिले बैंकको बेसरेट १०.६९ प्रतिशत रहेको छ ।

बैंकबाट कर्जा लिदाँ न्यूनतम ११.६९ देखि १६.६९ प्रतिशत सम्म रहेको छ ।
बैंकबाट हाउजिङ लोन लिएको खण्डमा १५.६९, गोल्ड लोन लिँदा १६.६९, हायर पर्चेज लोन लिँदा १६.६९, सवारी लोन लिँदा पनि १६.६९ प्रतिशत सम्म ब्याजदर तिर्नुपर्छ । यस्तै शिक्षाको लागि ऋण लिनु परेमा १५.६९ प्रतिशतसम्म पर्छ भने मार्जिन लोन लिँदा १५.६९ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ ।

यस्तै बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदरमा मुद्दति निक्षेपमा भने संस्थागत तर्फ ८.६० प्रतिशत र व्यक्तिगत तर्फ ९.२५ प्रतिशत रहेको छ ।

बैंकको बचत तर्फ न्यूनतम ४ देखि ६ प्रतिशतसम्म ब्याजदर रहेको छ । अहिले बैंकको बेसरेट ९.८५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिदाँ न्यूनतम १०.३५ देखि १५.८५ प्रतिशतसम्म रहेको छ ।

बैंकबाट हाउजिङ लोन लिनु परेको खण्डमा बेसरेटमा ६ प्रतिशतसम्म ब्याज लाग्छ । यस्तै शिक्षा, हायर पर्चेज कर्जा लिनु परेको खण्डमा १५.८५ प्रतिशत ब्याज तिर्नुपर्छ । यस्तै सेयर धितोकर्जा लिनु परेमा १५.८५ प्रतिशत ब्याज लाग्दछ ।


क्लिकमान्डु