राष्ट्रिय वाणिज्य बैंकले निकाल्यो नयाँ ब्याजदर, अब कुन ऋण लिन कति ब्याज तिर्नुपर्छ ?



काठमाडौं । सबैभन्दा सस्तो ब्याजदरमा ऋण दिँदै आएको राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजानिक गरेको छ । पूर्णसरकारी स्वामित्वको यो बैंकले नयाँ ब्याजदर प्रकाशित गर्दै असार १ गते अर्थात् आजदेखि लागू हुने जनाएको छ ।

बैंकले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार अब ५ वर्षसम्मको घरकर्जा लिँदा ग्राहकले ८.३८ देखि ९.०५ प्रतिशत ब्याजदरमा ऋण पाउने छन् ।

त्यसैगरी, १० वर्षसम्मको घरकर्जा लिँदा ९.३८ देखि १०.०५ प्रतिशत ब्याजदरमा ऋण पाउने छन् भने १५ वर्षका लागि घरकर्जा लिँदा १०.३८ प्रतिशतदेखि ११.०५ प्रतिशत ब्याजदरमा ऋण पाउने छन् ।

त्यसैगरी, गाडी किन्नका लागि वाणिज्य बैंकले ८.३८ प्रतिशतदेखि ९.३८ प्रतिशतसम्ममा ऋण दिनेछ ।

त्यस्तै, शिक्षक, राष्ट्र सेवक कर्मचारी र विद्यार्थीलाई शैक्षिक कर्जा ८.३८ देखि ९.३८ प्रतिशतसम्म ब्याजदरमा दिने छ ।

सेयर धितो राखेर लिइने कर्जामा बैंकले ९.३८ देखि ११.०५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ ।

त्यस्तै, ओभरड्राफ्ट र हाइपोथिकेशन कर्जा ८.३८ देखि १०.३८ प्रतिशत ब्याज लिनेछ भने धितो कर्जामा ८.८८ देखि १०.३८ प्रतिशतसम्म ब्याज लिनेछ ।

त्यसैगरी, उद्योग-व्यवसाय र हाउजिङ तथा रियलस्टेटका लागि ८.३८ देखि १०.३८ प्रतिशतसम्म ब्याजदरमा ऋण दिनेछ । सुन कर्जा लिन भने ११.०५ प्रतिशत ब्याजदर तिर्नुपर्छ ।

त्यसैगरी, बैंकले आजदेखि नै लागू हुनेगरी निक्षेपमा पनि नयाँ ब्याजदर प्रकाशित गरेकोछ । 


क्लिकमान्डु