कैलालीको टिकापुरमा शाखा लिएर पुग्यो प्रभु बैंक




प्रभु बैंकले कैलाली जिल्लाको टिकापुरमा नयाँ शाखा सञ्चालनमा ल्याई कारोबार शुभारम्भ गरेको छ ।
टिकापुर नगरपालिकाको वडा नं.१ स्थित टिकापुरमा शाखा कार्यालयको टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन गरेका छन ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

टिकापुर शाखा समेत गरी बंैकले हालसम्म १८४ वटा शाखा, १४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।


क्लिकमान्डु