एनसेल फोरजीमा अब डबल डेटा, यसरी लिनुहोस् प्याकेज



काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले ७ दिन र ३० दिन समयसीमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् ।

यो अफर यही जेठ ३० गते (बिहिबार) देखि लागु भएको छ । देशभरका १,००० भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको २ साताभित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फारेजी डेटा बोनसको योजना ल्याएको हो ।

यो योजना अन्तर्गत सात दिन समयसीमा भएको ५०० एमबी डेटा र ३ दिन समयसीमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनसस्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले ३० दिन समयसीमा भएको ३ जिबी डेटा करसहित ४५३.३० रुपैयाँमा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्नेछन् ।

त्यसैगरी, एनसेलका ग्राहकले ७ दिन समयसीमाभएको ५०० एमबीप्याकको खरिदमा ५०० एमबीनै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् । एनसेलका ग्राहकले ५०० एमबी प्याक करसहित ९५ं.७७ रुपैयाँमा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् ।

यस योजना अन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहुँच हुनुपर्छ । ७ दिन वा ३० दिन समयसीमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमामात्र चलाउन सकिनेछ । एनसेलले आफ्नो फोरजी सेवा देशका १,००० भन्दा बढि स्थानहरुमा विस्तार गरिसकेको छ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको ७ दिन वा ३ दिनको गज्जबको डेटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । ७ दिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ माएसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ माएसएमएस पठाइ ३० दिनको प्याक सुचारु गर्न सक्नेछन् ।

ग्राहकहरुलाई नेपालकै सबैभन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पुर्वाधार तथा उच्च गतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।


क्लिकमान्डु