नवलपुरको कावासोतीमा महालक्ष्मी बैंकको शाखा सञ्चालन

क्लिकमान्डु २०७६ जेठ ३० गते १७:३० मा प्रकाशित


काठमाडौ । महालक्ष्मी विकास बैंकले सेवा विस्तारको क्रममा नवलपुर जिल्लाको कावासोतीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

कावासोती नगरपालिका वडा नं ८, स्थित कावासोती शाखा कार्यालयकोे औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न भइ कारोबार सुचारु भएको छ । उक्त शाखाको समुद्घाटन कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले गरेका छन ।
त्यसै गरी बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताएका छन । महालक्ष्मी विकास बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको समेत उनले बताए ।
हाल ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत बैंकले सेवा दिदैँ आएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स