कैलालीको अत्तरियामा प्रभु बैंकले शाखा खोल्यो

क्लिकमान्डु २०७६ जेठ ३० गते १४:१४ मा प्रकाशित

काठमाडौं । प्रभु बैंकले कैलालीको अत्तरियामा शाखा खोलेको छ । जेठ ३० गते अर्थात् आज बैंकले अत्तरियामा शाखा खोलेको हो । उक्त शाखाको उदघाटन गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदले गरे ।

आजदेखि सञ्चालनमा आएको बैंकको अत्तरिया शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थित भएका थिए ।

प्रमुख अतिथि साउदले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथाआम सर्वसाधारणलाई सरल सहज रुपमाप्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपयोग गर्ने अवसर मिलेको बताए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स