फेसबुकले पोर्टल भिडियो च्याटको नयाँ संस्करण ल्याउँदै, के हुनेछन विशेषता ?




काठमाडौ । आगामी अटम सिजनमा फेसबुकले पोर्टल भिडियो च्याटिङ डिभाइसको नयाँ संस्करण सार्वजनिक गर्ने योजना रहेको बताएको छ ।
फेसबुकले सार्वजनिक गर्न लागेको नयाँ संस्करणमा धेरै कुराहरु समेटिने कम्पनीका उपाध्यक्ष एन्ड्रिउ बोसवर्थले बताएका छन । तर उनले गत वर्ष अमेरिकामा पोर्टल शुरु भएपछि कति विक्रि भयो र नयाँ डिभाइस कस्तो हुनेछ भन्नेबारे स्पष्ट रुपमा केहि खुलाएनन ।

फेसबुकको प्राइभेसी र कन्टेन्ट मोडरेसन कार्यले फेसबुक प्रयोग र फाइदामा कमि ल्याउन सक्ने सम्भावनालाई मध्यनजर गरी पोर्टलको नयाँ संस्करण ल्याउन लागिएको बताइएको छ ।

नयाँ संस्करणमा प्राइभेट म्यासेजिङलाइ विशेष ध्यान दिइएको पनि बताइएको छ ।


क्लिकमान्डु