निजी घर बनाउन भारतले गर्यो १ अर्ब ६० करोड सहयोग



काठमाडौं । भारत सरकारले नेपाललाई पुर्ननिर्माणका लागि १ अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । भारतीय राजदूत मन्जिव सिंह पुरीले सोमबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा उक्त चेक अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे ।

उक्त रकम भूकम्पबाट ध्वस्त भएका नुवाकोट र गोरखा जिल्लाका निजी घर निर्माणमा खर्च गरिनेछ । सन् २०१८ मा निर्माण गरिएका निजी घरको पहिलो र दोस्रो किस्ता बमोजिम उक्त रकम खर्च हुनेछ ।

नेपालले यस अगाडि नै पहिलो चरणमा २१० करोड रुपैयाँ र दोस्रो चरणमा ८० करोड रुपैयाँ सहयोग प्राप्त गरिसकेको छ ।

२०७२ साल बैशाखमा गएको भूकम्पपछि भारत सरकारले निजी आवास, अस्पताल, विद्यालयलगायतका भौतिक संरचना निर्माण गर्नकालागि १ अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।

कार्यक्रममा नेपाल सरकारले भारतको उक्त सहयोगलाई सकारात्मक रुपमा लिँदै धन्यवाद व्यक्त गरेको थियो ।


क्लिकमान्डु