प्राइम बैंकले ललितपुर फाइनान्सलाई गाभ्न सम्झौता गर्यो



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले “ग” वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धी सहमतिपत्रमा आज एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरे ।

कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ ।

श्री नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको छ ।


क्लिकमान्डु