वान प्लस ७ प्रो अब नेपालमा, कति पर्छ मूल्य ?



काठमाडौं । परम्परागत प्रविधिलाई चुनौती दिँदै वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ ।

क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्दै, वानप्लस ७ प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ । जसमा ४८ एमपी रियर क्यामेरा, ११७अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ ।

यसको बिल्कुलै नयाँ स्क्रीनतथाएकनासको डिस्प्ले क्यूएजडी प्लस फ्युड एमोभड रिजोलुसन (3120 by 1440 pixels) तथा ९० हर्ज रिफ्रेस रेट भएको यस फोनले साँच्चै सिनेमाको अनुभव प्रदान गर्दछ ।

र, यसको कर्भ ऐज-टु–ऐज डिजाइनले झन आकर्षक देखिन्छ । वान प्लस ७ प्रोमा भएको ६.६७ इन्च ५५१ पीपीआई फ्युड एमोभड डिस्प्ले अहिलेसम्म कै सबैभन्दा एडभान्स स्क्रीनहो ।

वानप्लस ७ प्रोको अप्ग्रेडेड गरिएको स्क्रीन अनलक टेक्नोलोजीसँगै तपाईंले आफ्नो फोनलाई केवल ०.२१ सेकेण्डमै अनलक गर्न सक्नुहुन्छ । ब्याट्री दिनभर चार्ज टिक्छ । र, र्याप चार्जमार्फत केबल २० मिनेटमै तपाईंले फोनलाई पुनःचार्ज गर्न सक्नुहुन्छ । यसमा लिक्वीड कुलिङ प्रणाली रहेको छ जसले फोनलाई तातिन बाट जोगाउँछ ।

त्यसबाहेक यसमा यूएफएक ३.० स्टोरेज टेक्नोलोजी रहेको छ जसले लेख्ने र पढ्ने स्पीड बढाउँछ, साथै यसमा नाइट मोड जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् । यसमा १२ जीवी र्याम, क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्लायटफर्म र २५६ जीवीसम्मको स्टोरेज क्षमता रहेको छ ।

विश्वभरकै सबैभन्दा अग्रणी गुणस्तर परीक्षण निकाय डिस्प्ले मेटले वानप्लस ७ प्रोलाई यसको सम्भावित उच्चतम स्कोर ए प्लसबाट सम्मानित गरेको छ । वान प्लसले क्रिप्स डिटेल र पावरफुल कन्ट्राससहित नयाँप्रविधि एजडीआर टेन प्लस ल्याएको छ । यसको डिस्प्ले नेटफिल्क्स, यूटुयब र अमेजोन प्राइम भिडियोका लागि सटिफाइड छ ।

वानप्लस नेपाली बजारमा ३ भेरियन्ट छ ।

६ जीबी र्याम/१२८ रोमः रु. ८९००० ।
८ जीबीर्याम/२५६ रोमः रु ९९९०० ।
र, १२ जीबी र्याम/२५६ रोमः रु. १०९००० ।


क्लिकमान्डु