बैंकलाई तरलता अभावको सकसः २ खर्ब ७३ अर्ब निक्षेप संकलन गरेर ३ खर्ब ४८ अर्ब कर्जा



काठमाडौं । केहीदिन अघि क्लिकमाण्डूका प्रतिनिधिले एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँगको भेटमा सोधे- के छ खबर ?

ती बैंकरले जवाफ दिए- ‘बेहाल छ । पैसो छैन । बरु निक्षेप खोज्दिनोस् ।’

अझै सहज भएको छैन ? क्लिकमाण्डू प्रतिनिधिले सोधे ।

सहज भएको भए तपाईलाई निक्षेप खोज्दिनुस् भन्थे होला त म ? ती बैंकरले उल्टै प्रतिप्रश्न गर्दै व्यथा सुनाए, ‘पुँजी बढाइएको छ । त्यो अनुसारको बिजनेश बढाउन सकिएको छैन । सञ्चालक समितिको तीब्र दबाब छ । चट्ट जागिर छाडेर हिँडौं जस्तो लाग्छ कहीलेकाहीँ त ।’

वित्तीय क्षेत्र चालू आर्थिक वर्षको शुरुवाती महिनादेखि नै लगानी योग्य पुँजी (तरलता) अभावको समस्याले ग्रसित छ । कर्जाको मागलाई धान्नेगरी निक्षेप बढ्न नसकेपछि वित्तीय क्षेत्र तरलता अभावको मारमा परेको हो ।

२०७५ साउन १ गतेदेखि २०७६ जेठ १७ गतेसम्म वाणिज्य बैंकहरुले २ खर्ब ७३ अर्ब रुपैयाँले बढाएर कूल २७ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर, यही अवधिमा बैंकहरुले ३ खर्ब ४८ अर्ब रुपैयाँले बढाएर कूल २४ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् ।

यो साढे १० महिनाको अवधिमा बैंकले निक्षेप संकलन गरेभन्दा ७५ अर्ब रुपैयाँ बढी कर्जा दिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

‘कर्जाको माग धान्नेगरी निक्षेप बढ्न सकेन,’ अर्का एक बैंकरले भने, ‘जसकारण वर्षभरी नै वित्तिीय क्षेत्रले तरलता अभावको समस्या झेल्नुपर्यो ।’

सरकारको लाचारीका कारण वित्तीय क्षेत्रले समस्या भोग्नु परेको भन्दै ती बैंकरले आक्रोश व्यक्त गरे ।

‘अहिलेसम्म सरकारले विकास बजेटको ४५ प्रतिशत मात्रै खर्च गरेको छ, सरकारले आफूसँग भएको पैसा खर्च गर्न नसकेर ढुकुटीमा थन्क्याएपछि बजारमा कसरी पैसा आउँछ ?’ ती बैंकरले भने, ‘स्थिर र दुइतिहाइ बहुमतको बलियो सरकार हुँदा हामीलाई सरकारले खर्च गर्नसक्छ भन्ने विश्वास थियो । तर, यो सरकार पनि लाचार भयो ।’

यो वर्षभरी नै बैंकहरुले खासै नयाँ लोन दिन नसकेको ती बैंकरले बताए ।

‘पैसा नभएपछि बैंकहरुपहिले प्रतिवद्धता गरेको लोनको किस्ता दिनमै केन्द्रित भएका छन्, नयाँ उद्योग लगाउँछु भनेर ऋण माग्न आउनेहरुले ऋण पाउन गाह्रो छ,’ उनले सुनाए, ‘बैंकको ऋण नबढेपछि उद्योग कलकारखाना बढ्दैनन्, अनि कहाँबाट आउँछ सम्मृद्धि ?’

Deposit and Lending Of Commercial Banks FY 2075/76 (in Billions)
Month Date Deposit Lending
LCY FCY Total LCY FCY Total
Ashad 32/03/2075 2389 81 2470 2057 54 2111
Shrawan 04/04/2075 2373 81 2454 2043 56 2099
11/04/2075 2381 81 2461 2043 55 2098
18/04/2075 2384 82 2466 2051 53 2104
25/04/2075 2373 82 2455 2062 53 2115
Bhadra 01/05/2075 2378 83 2461 2071 55 2126
08/05/2075 2377 85 2461 2080 55 2135
15/05/2075 2384 88 2472 2090 56 2145
22/05/2075 2398 87 2485 2101 57 2158
29/05/2075 2413 89 2502 2117 57 2174
Aswin 05/06/2075 2419 92 2512 2131 57 2189
12/06/2075 2429 92 2520 2149 59 2208
19/06/2075 2443 94 2537 2164 62 2226
26/06/2075 2433 87 2520 2182 63 2244
29/06/2075 2436 87 2523 2183 62 2246
31/06/2075 2436 87 2523 2183 62 2246
Kartik 09/07/2075 2457 88 2545 2197 62 2259
20/07/2075 2470 90 2560 2217 63 2280
30/07/2075 2468 98 2566 2221 62 2283
Mangsir 07/08/2075 2471 93 2564 2225 63 2288
14/08/2075 2470 95 2565 2233 63 2296
21/08/2075 2511 96 2607 2238 64 2303
28/08/2075 2519 100 2620 2247 67 2314
Poush 06/09/2075 2527 94 2621 2254 65 2319
13/09/2075 2541 90 2631 2260 66 2326
20/09/2075 2552 88 2640 2274 65 2338
27/09/2075 2554 96 2650 2278 66 2344
30/09/2075 2557 99 2656 2302 66 2368
Magh 04/10/2075 2556 99 2655 2300 68 2368
11/10/2075 2554 98 2651 2304 70 2375
18/10/2075 2561 99 2660 2309 72 2381
25/10/2075 2568 102 2671 2316 73 2389
Falgun 03/11/2075 2576 103 2679 2317 73 2391
10/11/2075 2569 102 2672 2320 73 2393
17/11/2075 2572 105 2677 2325 73 2398
26/11/2075 2567 108 2675 2327 72 2399
Chaitra 01/12/2075 2579 109 2689 2328 71 2399
08/12/2075 2573 106 2679 2330 71 2401
15/12/2075 2578 108 2686 2336 72 2407
24/12/2075 2591 116 2707 2341 72 2413
29/12/2075 2584 119 2703 2349 71 2420
Baisakh 06/01/2076 2591 111 2702 2366 73 2439
13/01/2076 2587 108 2695 2366 72 2438
20/01/2076 2594 102 2696 2371 72 2443
27/01/2076 2603 105 2708 2373 74 2447
Jestha 03/02/2076 2616 107 2722 2378 74 2452
10/02/2076 2617 115 2732 2383 73 2456
17/02/2076 2628 115 2743 2387 72 2459


क्लिकमान्डु