अब ऋण लिन बैंक जानु नपर्ने



काठमाडौं । के तपाई घर, सवारी साधन, अचल सम्पति कर्जा लिने तयारीमा हुनुहुन्छ ? यदि त्यसो हो भने तपाईले आफु नजिकैको बैंक तथा वित्तीय संस्था धाउनु नपर्ने भएको छ ।

अब तपाईले कर्जा बजार डटकममार्फत नै आफुले लिन चाहेको कर्जाको बारेमा छोटो समयमा थाहा पाउन सक्नुहुने छ । त्यो पनि घर वा कार्यालयमा बसेर ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रदान गर्ने कर्जाहरु (घर, सवारी साधन, अचल सम्पति कर्जा, क्रेडिट कार्ड आदिका बारेमा अब जानकारी लिन अब धेरै समय लगाउने समय अब सकिएको छ । यसका लागि इच्छुक सेवाग्राहीले कर्जाबजार डटकमको वेभसाइट हेर्नुपर्नेछ । त्यहाँ उलेखित सबै सूचना राखिएको हुने बताइएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा कर्जाबजार डटकममा सर्च गर्दा आफुले लिन चाहेको कर्जाको ब्याजदर, कार्यान्वयनका शर्तहरु, प्राप्त गर्नका लागि बैंकले तोकेको मापदण्ड आदिका बारेमा जानकारी पाउने सकिने छ ।

कर्जाबजार डटकममा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि आवेदन दिनका लागि चाहिने प्रकृयाका समेतका बारेमा जानकारी लिन सकिने निर्देशक यूरोप श्रेष्ठले बताए ।

कम्पनीका अनुसार अहिलेसम्म स्टयान्डर्ड चार्टर बैंक, एनएमबी बैंक र लक्ष्मी बैंकले सम्झौता गरिसकेको छ भने सिन्धु विकास बैंकले पनि कर्जा बजारसँग सम्झौता गरिसकेको छ ।

कर्जा प्रवाहका बारेमा हुने सूचनाको कमीलाई चिर्नको लागि कर्जाबजारले कर्जा प्रदायकहरु व्यक्तिगत कर्जादाताको योग्यताको आंकलन गर्न सक्षम हुने भनि आफ्नौ स्वामित्वकमा क्रोडिट स्कोरिङ सुत्रको विकास गरेको श्रेष्ठले बताए ।


क्लिकमान्डु