प्रयोगकर्तालाई कुनै समस्या नभएको ह्वावेकाे दाबी, भन्यो- आत्तिनु पर्दैन



काठमाडौं । अमेरिकी सरकारले हुवावेमाथि प्रतिबन्ध र गुगलले एन्ड्रोइडको लाइसेन्स रद्द भए पनि प्रयोगकर्तामा कुनै असर नपरेको ह्वावेले बताएको छ । गुगलले मे २० तारिखमा ह्वावेको एन्ड्रोइड लाइसेन्स रद्द गरिदिनुका साथै भावी दिनमा सार्वजनिक हुने सबै उत्पादनहरूप्रतिको साथ पनि तोडिदियो थियो ।

यद्यपि एन्ड्रोइडले एक विज्ञप्ति जारी गर्दै गुगल प्ले र गुगल प्ले प्रोटेक्टको सेक्युरिटी भने विद्यमान ह्वावे उत्पादनहरूमा काम गर्ने उल्लेख समेत गरेको थियो ।

त्यसपछि ह्वावेले तत्कालै प्रतिक्रिया दिँदै फेसबुक पेजमा प्रतिक्रिया दिँदै बिक्री भइसकेका तथा विश्व बजारमा अझै पनि बिक्रीका लागि स्टकमा रहेका स्मार्टफोन र ट्याब्लेटको सेक्युरिटी अपडेट र अफ्टरसेल्स सर्भिस उपलब्ध हुने स्पष्ट पारेको थियो ।

‘विश्वभर रहेका प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न हामी निरन्तर सुरक्षित तथा दिगो सफ्टवेयर प्रणालीलाई निर्माण गर्ने कार्यमा जुटिरहनेछौँ’ हुवावेले लेखेको थियो ।

ह्वावेले संसारभर एन्ड्रोइडको विकास र पहुँचमा महत्तवपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै एन्ड्रोइडको एउटा प्रमुख विश्वव्यापी साझेदारका रूपमा प्रयोगकर्ताहरू र मोबाइलफोन उद्योग दुवैलाई फाइदा पुर्याउने अवस्था निमार्ण गर्न ओपन–सोर्स प्लेटफर्मसँग निकट भएर काम गरिरहेको स्मरण गराएको थियो ।

ह्वावेले अमेरिकी कदमको निन्दा गर्दे आफ्ना उत्पादनहरूमाथि लगाइएको सरकारी प्रतिबन्धलाई गैरकानुनी भन्दै त्यसविरुद्ध कानुनी मुद्दा दायर समेत गरेको थियो । ह्वावेका प्रमुख कार्यकारी अधिकृत रेन जाङभेइले २१ मे तारिखमा एउटा पत्रकार सम्मेलनका क्रममा ह्वावेमाथि लगाइएको ९० दिने अस्थाथी लाइसेन्स प्रतिबन्धको ‘खासै औचित्य नभएको’ र ह्वावे पूर्ण तयारी अवस्थामा भएको बताए ।

यसका साथै उनले ह्वावे कम्पनीसँग काम गरेको र पछिल्लो ३० वर्षमा कम्पनीको विकासमा सहयोग पुर्याएका अमेरिकी कम्पनीहरूप्रति कृतज्ञता प्रकट गरे ।

संयुक्त राज्य अमेरिका कानुनबाट सासित भएको देश भएकोमा पनि उनले जोड दिए । अमेरिकी कम्पनीहरूले नियमकानुन मान्नै पर्ने र त्यसैगरी वास्तविक अर्थतन्त्रले पनि कानुनको पालना गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने ‘अमेरिकी कम्पनीहरू र ह्वावेले एउटै नियतिको सामना गर्नुपरेको विषय पनि संचारमाध्यमले बुझ्नुपर्छ । हामी दुवै बजार अर्थतन्त्रका खेलाडी हौँ । अमेरिकी कम्पनीहरूको हाम्रो निकट सम्बन्ध दुवै पक्षको कैयौँ दशकदेखिको प्रयासको प्रतिफल हो ।’

ह्वावेका मोबाइलफोन प्रयोगकर्ताहरू र सम्भावित खरिदकर्ताहरूले उठाएका चिन्ताहरूका सम्बन्धमा कम्पनीले बजारमा हाल भएका ह्वावेका सबै मोबाइलफोनहरूले केही समस्याको सामना गर्नुनपर्ने भनेर बारम्बार विश्वस्त तुल्याउँदै गुगल एपहरूमा अपग्रेडहरू उपलब्ध हुने र सामान्य अवस्थामै झै चल्ने बताएको छ ।

यसबीच प्रमुख कार्यकारी अधिकृत रेन जाङभेइले अमेरिकी टेलिभिजन सिएनबीसीसँगको अन्तर्वार्ताका क्रममा ह्वावे कम्पनीले स्मार्टफोनहरू तथा कम्युटरहरूका लागि हङमेङ्ग नामक आफ्नै अपरेटिङ सिस्टम विकास गरेको र आगामी जाडोयामसम्म सञ्चालनमा आउनसक्ने बताए ।

नेपालको सन्दर्भमा ह्वावे सन् २०१४ मा यहाँको बजारमा प्रवेश गरेको थियो । ह्वावे अझैपनि नेपाली बजारमा दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड हो । ह्वावेका मोबाइलफोनबाट लिएका तस्वीरहरू सेयर गर्नमा प्रयोगकर्ताहरूले जोड दिने छन् र विभिन्न सामाजिक संजालहरूमा विशेषगरी फेसबुकमा रहेको ह्वावे फ्यान क्लबमा निरन्तर र घण्टैँपिच्छे पोस्टहरू राख्ने गरेका छन् ।

मानिसहरूबाट प्राप्त प्रतिक्रिया आश्चर्यजनक छैन किनकि कम्पनीले आफैँलाई विश्वव्यापी रूपमा एउटा अग्रणी सूचना प्रविधि प्रदायक कम्पनी आईसीटी सलुसन प्रोभाइडरका रूपमा स्थापित गर्दै विश्वका १ सय ७० देशमा र तीन अर्ब भन्दा बढी मानिसलाई सेवा पुर्याएको छ ।

त्यसैले यदि सबैभन्दा खराब अवस्था आएमा र अमेरिकी सरकारले ह्वावेलाई इन्टटी लिस्टमा स्थायी रूपमा सूचीकृत गरेमा आत्तिनुपर्ने कुनै कारण नभएको कम्पनीको दाबीब छ । र, भावी योजना दायर गरिएको कानुनी मुद्दामाथि निर्भर रहनेछ ।

हालका लागि प्रयोगकर्ताहरूको मोबाइलफोनको निर्बाध संचालनका लागि कुनै खतरा नभएको विषय नयाँ फोनहरू वाई फाइभ २०१९ तथा वाई सेभेन प्रो २०१९ फिंगरप्रिन्ट भर्जन बजारमा सार्वजनिक हुनु र इएमयूआई स्तोरन्नतिले प्रमाणित गरिसकेको छ ।

ह्वावेका लागि पछिल्ला केही महिना महत्तवपूर्ण र उत्साहजनक रह्यो । मोबाइलफोनको बिक्रीमा उल्लेख्य वृद्धि भयो र सोही कारण ह्वावे विश्वकै दोस्रो ठूलो स्मार्टफोन उत्पादक कम्पनी बन्यो साथै यसको अग्रणी र नवीन फाइभजी प्रविधि अन्तर्राष्ट्रिय समाचारमा छायो ।

यद्यपि अर्को पाटोमा अमेरिकी सरकारले प्रतिबन्धहरू लगाएपछि गुगलले एन्ड्रोइड लाइसेन्स रद्द गरिदिँदा ह्वावेले अप्ठेरो र जटिलाहरूको सामना गर्नुपर्यो ।

ग्राहक र प्रयोगकर्ताहरूको चिन्ता बढेपछि ह्वावेले भने प्रतिरक्षात्मक देखिरह्यो र शर्तरहित साथ र भावी दिनमा पनि सेवा दिनेको प्रत्याभूति दिइरह्यो अनि हालैको घटनाक्रमबाट विचलित नभइकन दुई वटा नयाँ उत्पादनहरू– वाई फाइभ २०१९ र वाई सेभेन प्रो २०१९ फिंगरप्रिन्ट भर्जन सार्वजनिक गरिसकेको छ ।

अर्को प्रत्याभूति भनेको हालै ईएमयूआई नाइनको निरन्तर स्तरोन्नतीले गर्दा विश्वभर रहेका ८ करोड प्रयोगकर्ताहरु बढेर जून महिनाको अन्त्यसम्ममा १० करोड पुग्न्ने अनुमान गरिएको छ ।

त्यस्तै मेट ट्वान्टी प्रो एन्ड्रोइड क्यू बेटा अपग्रेडको सूचीमा सूचीकृत छ । त्यसैले ह्वावेका ग्राहकहरुका लागि महत्तवपूर्ण कुरा के छ भने उनीहरुले प्रयोग गरिरहेका फोनको पूर्ण ख्याल गरिएको छ र खरिदकर्ताहरुले पनि चिन्ता गर्नुपर्दैन ।

अमेरिकी सरकारसँग ह्वावेको सम्बन्धको इतिहासलाई केलाउँदा पहिलेदेखि नै असहज सम्बन्ध थियो र अमेरिकी सरकारले ह्वावेलाई देशको राष्ट्रिय सुरक्षामा जोखिम बोकेको भन्दै इन्टटी लिस्टमा सूचीकृत गरेपछि सबैभन्दा खराब विन्दूमा पुगेकोमा ह्वावे चिन्तित रहेको कम्पनीले बताएको छ ।


क्लिकमान्डु