एनसिसि बैंकको वार्षिक विवरण स्विकृति अन्तिम चरणमा, कति आउला लाभांश ?



काठमाडौं । आर्थिक वर्ष २०७५/७६ सकिन अब एक महिना बाँकी छ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसिसी) बैंकले २०७३/७४ र २०७४/७५ को साधारणसभा गरेको छैन ।

बैंकको अहिले चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ अर्ब रुपैयाँ रहेको छ । राष्ट्र बैंकले तोकेको ८ अर्बभन्दा एनसिसीको चुक्ता पुँजी कम हो ।

एनसिसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले राष्ट्र बैैंकबाट २०७३/७४ को वार्षिक विवरण स्विकृति भएको र २०७४/७५ को विवरण स्विकृति हुने चरणमा रहेको जानकारी दिए ।

‘हामी एकैपटक दुई आर्थिक वर्षको साधारणसभा गर्ने छौ,२०७४/७५ को विवरण स्विकृति भएपछि साधारणसभा बोलाइने छ,असार भित्रमा साधारणसभा गर्ने हाम्रो लक्ष्य हो,’अर्यालले भने ।

बैंकको रिजर्बमा अहिले ३ अर्ब २७ करोड रुपैयाँ छ । अहिलेको चुक्ता पुँजी ७ अर्ब १ करोडबाट ८ अर्ब रुपैयाँ पुर्याउनको लागि १४ प्रतिशत अनिवार्य बोनस सेयर दिनुपर्ने हुन्छ । बैंकले २५ प्रतिशतसम्म बोनस र नगद लाभांश गरेर गरेर दिनसक्ने सम्भावना छ ।

यद्यपी बोनस र नगद लाभांशको भने बैंकले अहिलेसम्म निर्णय गरेको छैन ।


क्लिकमान्डु