जनता बैंकमा ६७ जनालाई जागिर खुल्यो, यसरी दिनुहोस आबेदन
काठमाडौं । बैंकमा जागिर खान चाहानेहरुका लागि जनता बैंकले जागिर खुलाएको छ । बैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी माग गरेको हो ।
बैकद्धारा प्रकाशित सूचना अनुसार ब्रान्च म्यानेजरमा ७ जना, रिलेसनसिप म्यानेजरमा १२ जना, असिस्टेन्ट रिलेसनसिन म्यानेजर पदमा २८ जना, अपरेसन इन्चार्ज १४ जना, स्वीफ्ट डिपार्टमेन्ट अफिसरमा २ जना र असिस्टेन्टमा ४ जनाका लागि रोजगारी खुलाएको जनाएको छ ।
जागिर खान चाहानेहरुको उमेर हदबन्दि भने पद अनुसार फरकफरक तोकेको छ । त्यसैगरी शैक्षिक योग्यता र अनुभवपनि पद अनुसार विभिन्न तह र समयावधि तोकिएको छ ।
विभिन्न पदका लागि मागिएका विशेषता पुरा हुने उमेदवारहरुले बैकको बेभसाइट www.janatabank.com.np/career लगइन गरि अनलाइन फाराम भर्नुपर्ने बैंकले जनाएको छ ।