इन्भेष्टमेन्ट बैंकले विषेश साधारणसभा बोलायो, के के छन् प्रस्ताव ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले असार ६ गते विशेष सभारणसभा बोलाउने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने विशेष साधारण सभामा जेबिल्स फाइनान्सलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ ।

विशेष साधारणसभा प्रयोजनका लागि जेबिल्सको जेठ २७ र इन्भेष्टमेन्ट बैंकको जेठ २९ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने भएको छ । सभामा बुक क्लोज हुनुभन्दा अघिसम्म कायम रहने सेयरधनीले मात्र भाग लिन पाउने छन ।

बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा फाइनान्सलाई एक्वायर गर्न लागेको छ । अब जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउनेछन् ।


क्लिकमान्डु