सिटिजन्स बैंकका ग्राहकले निसर्ग हस्पिटलमा विषेश छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कैलालीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् । उक्त सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।